☰ open Loading... 5 May 2024|  

चौधौँ महाधिवेशन मंसिरमा गर्ने कांग्रेसको निर्णय
  | ३१ श्रावण २०७८, आईतवार ०५:३५

काठमाण्डौ -नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म हुने भएको छ।प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो । बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने र भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।