☰ open Loading... 26 April 2024|  

कर्णाली प्रदेशमा थप एक सय १५ जनामा कोरोना संक्रमण
  | ३१ श्रावण २०७८, आईतवार ०५:२९

 

कर्णाली प्रदेशमा थप एक सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार गरिएको आरटी–पीसीआर विधिबाट ७० र रेपिड–एन्टिजेन परीक्षणमा ४५ जनामा संक्रमण फेला परेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा सक्रिय संक्रमितको संख्या नौ सय ७७ पुगेको छ । हालसम्म प्रदेशमा ३१ हजार चार सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरूको संख्या तीन सय ५८ पुगेको छ । शनिवार ८५ जना संक्रमणमुक्त भएका छन् । यो सहित निको हुनेकोकर्णालीमा कुल संख्या २९ हजार एक सय सात पुगेको छ ।