☰ open Loading... 26 April 2024|  

नेपालमा२ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि
  | ६ भाद्र २०७८, आईतवार ०५:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।१३ हजार ७५ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या आठ लाख २५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु हुँदा कुल मृतकको संख्या १० हजार ४ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ३ सय ८२ जना संक्रमणमुक्त भएका छन् । अहिले कुल परीक्षणको १९ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा ४ सय ८३ संक्रमित भेटिएका छन् ।

नेपालभर २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २ सयदेखि ४ सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

संक्रमितमध्ये ३ हजार ३ सय ६ जना संस्थागत आइसोलेसनमा छन् । अस्पतालमा उपचार गराइरहेकामध्ये ७ सय १८ जना आईसीयूमा र १ सय ६६ जना भेन्टिलेटरमा छन् ।