☰ open Loading... 2 May 2024|  

कोभिड अस्पताल खाली हुँदै
  | १८ भाद्र २०७८, शुक्रबार ०५:२५

 

दैलेख- कोरोना सङ्क्रमितको चाप घट्दै गएपछि दैलेख जिल्लामा सञ्चालन गरिएको कोभिड अस्पताल तथा आइसोलेसन केन्द्र खाली हुदै गएका छन । कोरोना परीक्षण र उपचारका लागि भर्ना हुन आउने सङ्क्रमित बिरामीको सङ्ख्या कम भएपछि अस्पताल तथा आइसोलेसन केन्द्र खाली भएको हो । दोस्रो लहरमा कोरोना भाइरसको महामारी फैलिएपछि स्थानीय सरकारले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए । कोरोनाको पहिलो लहरमा कोरोनाको ‘हटस्पट’ का रूपमा दैलेख भएपछि नारायण नगरपालिकाले ५० बेडको कोरोना अस्पताल तथा आइसोलेसन निर्माण गरेको थियो । दैलेखका प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्माको पहलमा पीसीआर मेसिन खरिद र आइसोलेसन अस्पताल सञ्चालनमा आएपछि सहज रूपमा कोरोना परीक्षण गरिएको थियो ।