☰ open Loading... 26 April 2024|  

विद्यालयमा बृक्षारोपण
  | २० भाद्र २०७८, आईतवार २०:३८

दैलेख- दैलेखको नारायण नगरपालिका ८ तर्ताङमा रहेको सरस्वती माध्यामिक विद्यालयमा आज बृक्षारोपण गरिएको छ । माई ग्रीन क्लीन स्कुलको आयोजना तथा सोसीयल आर्मी र सरस्वती माध्यामिक विद्यालय तर्ताङको समन्वयमा बृक्षारोपण गरेको हो । प्रतिनीधी सभा सदस्य रवीन्द्रराज शर्माले बिद्यालयको प्राङगणमा विरुवा रोपरेर कार्यक्रमको सुरुवात गरेका हुन ।

विरेन्द्रनगर नगरपालीका ४ सुर्खेत निवासी किरण किशोर सापकोटाले आफ्नी आमाको सम्झनामा वृक्षारोपण गरिएको जानकारी दिए । आमाको सम्झनामा यस अघी सुर्खेत र जाजरकोटका झण्डै ४०भन्दा बढी बिद्यालयमा बृक्षारोपण कार्यक्रम गरिसकेका सापकोटाले दैलेखको नारायण नगरपालिका ८मा रहेको सरस्वती माध्यामिक विद्यालयमा वृक्षारोपण गरिएको आयोजक सोसीयल आर्मीका अध्यक्ष जिवन शाहीले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा वोल्दै प्रतिनीधी सभा सदस्य रवीन्द्रराज शर्माले बिद्यालयमा सुन्दरता कायम गर्न र प्रदुषण घटाउन वृक्षारोपण कार्यलाई विस्तार गर्दै लैजाने बिद्यालयलाई मनमोहक र हरीयाली बनाउने कार्यको उच्च सम्मान गर्दे वृक्षारोपण कार्यक्रममा सहभागीहरुलाई धन्यवाद  दिए ।