☰ open Loading... 4 March 2025|  

संविधान दिवसको अवसरमा दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा
  | ५ आश्विन २०७८, मंगलवार ०५:२३

 

दैलेख -संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा कैद भोग्दै आएका १६ जना गरी २४ कैदी रिहा भएका हुन्।

२४ जनामध्ये बहुविवाहमा परेका ६ जना महिला र १० जना पुरुष रिहा भएका जेलर खत्रीले बताए। रिहा भएका कैदीबन्दीहरूलाई आइतबार आफन्तको रोहवरमा बिदाइ गरिएको जनाइएको छ।