☰ open Loading... 3 May 2024|  

रिजालको उपचारका लागि आर्थिक सहयोग
  | १० आश्विन २०७८, आईतवार ०५:३६

 

सुर्खेत -लामो समयदेखि मानसिक रोगबाट ग्रसित एक युवकलाई आर्थिक सहयोग गरिएको छ । विरेन्द्रनगर नगरपालिका ११ सुर्खेत चेतना टोल बिकाश समितिका सदस्य गौरि जैशिका छोरा कृष्ण रिजाल लामो समयदेखि मानसिक रोगबाट ग्रसित उनलाई आर्थिक सहयोग गरिएको हो ।उपचारको लागि आर्थिक समस्या भयको हुँदा उहाँको उपचारको लागि ३१हजार१सय३०रुपौया सहयोग गरिएको छ । सहयोग रकम बिरामिको आमा गौरि जैशिलाइ टोल बिकाशको सबै सदस्यहरुको रोहबरमा हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका रिजालको उपचारमा समस्या भएकोले सहयोग गरिएको हाम्रो टोल बिकास समिती का सचीव लक्ष्मी केसिले पश्चिम नेपाललाई जानकारी दिनुभयो ।उहाँले भन्नुभयो मानवसेवा ठूलो धर्म भएकाले मानवसेवाका लागि थोरै भए पनि समितिका तर्फबाट सहयोग गरेको “आगामी दिनमा पनि समितिले गरीब, दुःखीका लागि यस्तो सहयोग गर्नेछौँ”।