☰ open Loading... 3 May 2024|  

मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला
  | १० आश्विन २०७८, आईतवार ०६:०३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय उद्घाटन गर्न डोल्पा पुगेका हुन। डोल्पाको जगदुल्ला गाउँपालिका– ६ स्थित एक आवासीय विद्यालय उद्घाटन गर्न हेलिकप्टर चढेर गएका हुन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेपछि पहिलोपटक गएका मुख्यमन्त्री शाहीलाई पालिकाले चालिस किलोको माला लगाइदिएको छ। विकास निर्माणमा पछि परेको, सडक सञ्जाल नपुगेको र अभावै अभाव रहेको उक्त पालिकाले मुख्यमन्त्री शाही, मन्त्री बुढालाई चालिस किलोको मालाको भारी बोकाइ दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीका अनुसार ती मालाहरु पालिकाका कर्मचारीले स्थानीय स्रोतको प्रयोग गरी बनाएका हुन् ।