☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

एमाले विधान महाधिवेशन : ओलीसहितको ६ सदस्यीय अध्यक्ष मण्डल
  |

काठमाडौं, । नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरु भएको छ । ओलीले एक भव्य समारोहबीच पानसमा बत्ती बालेर विधान महाधिवेशनको उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्षमण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन् । त्यस्तै स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्ड र छविलाल विश्वकर्मा छन् ।

एमालेका अर्का उपाध्यक्ष भीम रावललाई भने प्रस्ताव मस्यौदा समितिमा राखिएको छ । यो विधान महाधिवेशनमा अर्का उपाध्यक्ष वामदेव गौतम उपस्थित छैनन् ।

प्रकाशित मितिः शुक्रबार, अशोज १५, २०७८     7:14:21 PM