☰ open Loading... 2 May 2024|  

थप ६ सय ६२ जनामा कोरोना संक्रमण
  | ४ कार्तिक २०७८, बिहीबार ०५:३९

काठमाडौं । नेपालमा थप ६ सय ६२ जनामा कोरोना संक्रमण भएको छ ।८ हजार ४ सय २६ जनाको परीक्षणमा ६ सय ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५८ जना डिस्चार्ज भएका छन् । भक्तपुर २३, ललितपुर ३५ र काठमाडौंमा १ सय ९५ गरी काठमाडौं उपत्यकामा २ सय ५३ जनामा संक्रमण देखिएको छ ।

कोभिडबाट सोही समयमा १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशभर ११ हजार ५ सय ७९ सक्रिय संक्रमित छन् । ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रहेको छ । मुगु र मुस्ताङमा अहिलेको अवस्थामा शून्य संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए ।देशभर २१ प्रतिशतले पूर्ण खोप लगाएको छ ।