☰ open Loading... 20 April 2024|  

मुगु दुर्घटना : ३२ जनाको मृत्यु, मृतक परिवारलाई उचित राहत दिने प्रधानमन्त्री देउवाको घोषणा
  | १० कार्तिक २०७८, बुधबार १७:१०

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो खबरले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना कम गर्न सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत् सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार मुगुमा भएको दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका थिए ।२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्ज पुर्‍याएका थप ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो ।उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् ।

 

नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । ३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ ।नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।