☰ open Loading... 3 May 2024|  

तरुण दलको स्थापना दिवसमा बादी बालबालिकालाई सहयोग
  | १० कार्तिक २०७८, बुधबार १८:१९

सुर्खेत -नेपाल तरुण दलको ६८औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल सुर्खेतले  खाद्यान्न र न्यानो कपडा सहयोग गरेको छ । सुर्खेतस्थित सरोकार मञ्च नेपालका १ सय २० जना बादी बालबालिकाहरुलाई उक्त सहयोग गरेको हो ।
नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा उनीहरुलाई १० बोरा मसिनो चामल र न्यानो ५ थान कम्मल सहयोग गरेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए ।न्यानो कपडा र खाद्यान्न सहयोग पाएपछि बादी बालबालिकाहरु खुसी भएका छन् ।