☰ open Loading... 3 May 2024|  

थप ३ सय ५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
  | ८ मंसिर २०७८, बुधबार ०५:२४

काठमाडौं । नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।पीसीआर र एन्टिजेन गरी १० हजार १ सय ७४ जनामा गरिएको परीक्षणमा ३ दशमलव ४ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अवधिमा २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको छ । यसमध्ये २ सय २३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।संक्रमितको संख्यामा कमी आए पनि भेन्टिलेटर र आईसीयूमा उपचाररतको संख्या भने कम हुन सकेको छैन ।