नेपाली काग्रेसको सुर्खेत जिल्ला सभापतिमा खड्क पोखरेल एकल उम्मेदारी दर्ता भएका छ । महामन्त्री पूर्णबहादुर खड्का अर्थात देउवा पक्षका नेता पोखरेलको एकल उमेदवारी पछि निर्विरोध सभापति हुने भएका हुन । आज (आईतवार) अन्य जिल्ला कमिटिका लागि मतदान भईरहेको छ । संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कडेलले उम्मेदवारी दर्ता गराएका छन । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी दिएका छन ।
यस्तै पौडेल पक्षको भने सभापति बाहेकका अन्य पदहरुका लागि उम्मेदवारी परेको छ । पौडेल पक्षबाट उप–सभापतिमा टेक बहादुर सिंह र शोभा शर्मा सचिवमा अनन्त पौडेल र जनक बहादुर रावलको उम्मेदवारी दिएका छन । सह–सचिवमा भीमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदावारी दर्ता गराएका छन । सुर्खेतमा १७ सय ७३ मतदाता रहेका छन् । फोटो क्याप्सन ः एकल उम्मेदवारी दर्ता भएका खड्क पोखरेल ।