☰ open Loading... 19 May 2024|  

लागु औषधसहित तीनजना पक्राउ
  | २२ मंसिर २०७८, बुधबार ०५:१८

 

दैलेख -दैलेखमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।दैलेख प्रहरीले सोमबार राति ११ः३० बजेतिर लागुऔषधको कारोबारो भइरहेको सुचना आधारमा पक्राउ गरेको हो ।

दैलेख प्रहरीका अनुसार, नारायण नगरपालिका – १ पुरानो बसपार्कबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बर्दिया जिल्ला साबिक बेलवा-७ हाल बासँगढी नगरपालिका-२ बस्ने २६ वर्षका बिक्रम मल्ल, बाँके कोहलपुर नगरपालिका-१० हाइस्कुल चोक बस्ने २३ वर्षका गणेश केसी, हाइस्कुल चोकमै बस्ने २६ वर्षका हेमन्त साँउद रहेको रहेको दैलेख प्रहरी प्रमुख भुवनेश्वर साहले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिइ खानतलासी गर्दा तीन जनासँग खैरो हेरोईन जस्तो देखिने धुलो ६९० एमजी र प्रमाणमा लाग्ने अन्य सामानहरु फेला परेको हुँदा उनीहरुमाथि थप अनुसन्धानको लागि १० दिन म्याद थपी हिरासतमा राखिएको प्रहरी प्रमुख साहले जानकारी दिए ।