☰ open Loading... 5 May 2024|  

थप३ सय १५ जनामा कोरोना संक्रमण
  | २२ मंसिर २०७८, बुधबार ०५:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ३ सय १५ जना संक्रमित थपिँदा ३ सय ५ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय १० जनाको परीक्षण गर्दा २ दशमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यस्तै, यस अवधिमा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् ।

हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ५२ रहेको छ । यसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहँदा १ सय २३ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।