☰ open Loading... 3 May 2024|  

फोहोर व्यवस्थापनमा जुट्यो चन्दननाथ नगरपालिका
  | ९ पुष २०७८, शुक्रबार ०५:४३

 

गणेश रावत, जुम्ला  ।निर्वाचन जितेर आएको कार्यकाल सकिन लाग्दा चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापनमा सक्रिय बन्दै आएको छ । स्मार्ट सिटि बनाउने योजना सहित निर्वाचनमा होमिएर जितेकी मेयर ,उपमेयर लगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेनन् ।

फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिकाले गुनासो खेप्दै आएको थियो । जसका कारण आम नगरबासी असन्तुष्ट थिए । मेयर उपमेयरको बिवाद,नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका विभिन्न प्रयास पनि असफल भए । तर अहिले भने चन्दननाथ नगरपालिका सुन्दर नगर बनाउने योजना सहित फोहोर व्यवस्थापनमा जुटेको छ । फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर हामी अघि बढीरहेका छौ । प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले भन्नुभयो,“विगतका के कारण फोहोर व्यवस्थापनदेखि अन्य काम लक्ष्य अनुसार भएन् त्यो विषयमा समिक्षा गरौला ।

अब आम नागरिकका गुनासालाई मध्यनजर गर्दै करिब ४० वर्ष सम्म प्रयोग हुने डम्पीङ साइट सहित फोहोर व्यवस्थापनमा जुटेका छौ । स्थानीय नागरिक व्यापारी,पत्रकार कर्मचारीको साथको आशा छ ।” आज पत्रकार सम्मेलन मार्फत फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर छिटो छरितो सेवा प्रवा ,विकास निर्माण तिव्रता, सूचना सन्देशलाई एकद्धार प्रणालीबाट अघि बढाउने अभियानमा रहेको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“जग्गाको उत्पादन बराबरको क्षतीपुर्ति दिनुपर्ने,ल्याण्डफिल्ड साइट सम्म जाने सडक स्तरबृद्धि गर्नुपर्ने स्थानीयको माग यथावत छ । नगरपालिकाले टुक्रे योजना भन्दा क्रमागत योजनाका रुपमा डम्पीङ साइट जाने सडक निर्माण गर्नुपर्छ ।” बजार क्षेत्रबाट कम्तीमा ६ किलोमिटर टाढा रहेको डम्पीङ साइट सम्म आरसिसि सडक निर्माण गर्नुपर्ने देखिन्छ । यदपी,हिमपात बर्षा भएपछि उक्त सडक हिमाल्य भएर फोहोर व्यवस्थापन गर्न मुस्किल हुने शाखा प्रमुख न्यौपानेको भनाई छ । कम्तीमा १० देखि १५ वर्ष सम्म फोहोर व्यवस्थापन हुन गरी चन्दनाथ नगरपालिका २ भण्डारीबाडाको (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन भएको छ । चन्दननाथका वाताबरण तथा विपद व्यवस्थापन उपशाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने स्थानीयले सहमती दिएपछि (दुनादुनी)मा डम्पीङ साइटको व्यवस्थापन गरी फोहोर फाल्न सहज भएको बताउनुभयो । हाल नगरपालिकाले घरायसी फोहोरमैला व्यवस्थापनबाट १ सय,व्यवसायीक फोहोर मैला व्यवस्थापनबाट ३ सय होटलबाट निस्कने फोहोर व्यवस्थापन बाट १ सय र उद्योगबाट निस्कन फोहोर व्यवस्थापन बापत १ हजार बार्षिक रुपमा कर लिने गरेको छ ।

फोहोर व्यवस्थापनलाई चुनावी नारा बनाउने,चर्चामा आउनकै लागि कोहि कसैले फोहोर व्यवस्थापनका कुरा उठाउने भन्दा पनि परिणाममुखी काम गरेमा नागरिकले साथ दिने नागरिक अगुवा राज बहादुर महतले बताए । फोहोर व्यवस्थापनलाई अभियानकै रुपमा सञ्चालन गरिएको सुन्दर नगर बनाउने अभियानमा सबैलाई साथ दिन आग्रह गरिएको छ । बुधबार मात्रै इसाइ समाजले नगर सभा गरेको थियो । शुक्रबार नेपाली सेनाले गर्ने भएको छ । बरु कर लेउ फोहोर उठाउ भनेर नारा लगाइ रहेका नगरबासीलाइ फोहोर व्यवस्थापनको करमा पनि कुनै गटबढ नभएको नगरपालिकाले जनाएको छ । चर्को कर मात्र लिने फोहोर नउठाउने भन्दै गुनासो आएपछि चन्दननाथ फोहोर व्यवस्थापनमा जुटेको हो ।