☰ open Loading... 20 November 2025|  

दैलेखमा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
  | २० पुष २०७८, मंगलवार १७:२७

 

 

 

दैलेख- दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।आठबिस नगरपालिका–५ की २२ वर्षीया चना विकलाई अत्यधिक रक्तस्राव लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।सोमबार दिउँसो देखि नै सुत्केरी व्यथा लागेर थलिएकी चनाको स्थानिय स्वास्थ्य चौकीमा भनेजस्तो उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी चनाको हेलिकप्टरबाट उद्धार गरी  प्रदेश अस्पताल सुर्खेत  पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए।