☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
दैलेखमा जिप दुर्घटना १ जनाको मृत्यु
  |

दैलेख– वेस्तडा बजार देखि दैलेख सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।जिल्लाको भगवतीमाई गाँउपालिका देखि सदरमुकाम तर्फ आउँदै गरेको लु २ ज ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ लोहोरे नजिकै दुर्घटना भएको  दैलेख प्रहरी प्रमुख भुवेश्वर साहले बताए ।

प्रहरी प्रमुख साहका अनुसार जिप दुर्घटनामा भगवतीमाई गाँउपालिका–१ बस्ने २९ वर्षीया कृष्ण रोकायको मृत्यु भएको हो ।जिप दुर्घटनामा ८ जना घाइते भएका छन्।घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइँएको प्रहरीले जनाएको छ ।




प्रकाशित मितिः बुधबार, पुस २१, २०७८     11:15:06 AM