☰ open Loading... 21 May 2024|  

टर्च बालेर सरकारलाई ‘खोज्दै’ अनेरास्ववियु
  | १५ माघ २०७८, शनिबार ०५:३७

 

दैलेख –सरकार कहाँ छ  ?भन्दै अनेरास्ववियु जिल्ला कमिटि दैलेखले सदरमुकाममा प्रर्दशन गरेको छ । सरकार कहाँ हरायो टर्च लगाएर सरकार खोज्न उठौँ भन्दै अनेरास्ववियु दैलेखले सांकेतिक आन्दोलन गरेको हो । स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिनुपर्ने लगाएतका माग गर्दै प्रर्दशन गरिएको हो ।

प्रर्दशनका क्रममा अनेरास्ववियुले भारतले नेपालको भूमि मिचेको सन्दर्भमा सरकारको जवाफ माग गर्दै मिचिएको भूमि फिर्ता हुनुपर्ने माग समेत गरेको छ । सदरमुकाममा गरिएको प्रर्दशनपछि अनेरास्ववियु स्थायी कमिटि सदस्य नविन योगीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा योगीले गठबन्धन सरकारले जनतालाई राहत नभई आहात दिएको बताए ।

अनेरास्ववियु कर्णाली प्रदेश सह–ईन्चार्ज समेत रहेका योगीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले एकपक्षीय सडक निर्माण कार्य गरिरहँदा समेत सरकारको मौनता गम्भिर प्रश्न जन्माएको बताए । उनले नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग समेत गरेका छन् । वर्तमान सरकार नसुध्रिए अनेरास्ववियुले थप रचनात्मक आन्दोलन अगाडी बढाउने समेत घोषणा गरेका छन् ।