☰ open Loading... 30 April 2024|  

अभद्र व्यवहार गर्ने ६ जना पक्राउ
  | १५ माघ २०७८, शनिबार ०५:२५

दैलेख : दुल्लु नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्ना कुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गर्ने ६ जना पक्राउ परेका छन् ।

बिहिवार विहान ११ बजेको समयमा वडा सचिव गिरीले कामकाज गरिरहेको अवस्थामा ३६ बर्षीय प्रेम बहादुर भण्डारी लगाएतका दश जना ब्यक्तिहरुले वडा सचिव गिरी र सामाजिक परिचालक न्यौपानेलाई अभद्र व्यवहार गरी कालो मोसो दल्न खोज्ने लगायतका गैरकानुनी कार्य गर्न खोजेकोले उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ का २५ बर्षीय नगेन्द्र भण्डारी, २६ बर्षीय हरीष कुमार भण्डारी, ५० बर्षीय कृष्ण भण्डारी , २५ बर्षीय ईश्वर भण्डारी, १९ बर्षीय हिमाल भण्डारी पक्राउ परेका छन् । उनिहरुलाई जिल्ला प्रशासन कार्यालय दैलेखबाट ७ दिनका म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान थालेको डीएसपी साहले बताए ।

घटनामा संलग्न एक बालकलाई पक्राउ गरिएको छ । उनलाई दैलेख जिल्ला अदातलको बाट ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान थालेको डीएसपी साहले बताए । कर्मचारीलाई अभद्र व्यवहार गर्ने प्रेम बहादुर भण्डारी लगाएत भने फरार छन् । उनिविरुद्ध पक्राउ पुर्जी जारी भई खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।