☰ open Loading... 21 May 2024|  

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
  | २३ माघ २०७८, आईतवार ०५:३१

सल्यान — सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र शारदा नगरपालिकामा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।

दार्मा गाउँपालिका ३ डाँडागाउँमा रुखबाट लडेर ६८ वर्षीय लबे खत्रीको शुक्रबार मृत्यु भएको हो । दार्मा गाउँपालिका ३ डाँडागाउँस्थित रुखबाट लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

 

यस्तै शारदा नगरपालिका ८ स्थित माघ १६ गतेदेखि घरबाट हराइरहेका तेजबहादुर कवरको मृत्यु भएको हो । शारदा नगरपालिका ८ मालडाँडा बस्ने ७३ वर्षीय कवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि अर्जुन पौडेलले बताए ।

कवरको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर नजिकै सडकमा शरीरको केही भाग माटोले पुरिएको अवस्थामा उनको शव भेटिएको थियो । दुवैको शवको जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।