☰ open Loading... 17 May 2024|  

थप १हजार३सय८६ जनामा संक्रमण
  | २४ माघ २०७८, सोमबार ०५:२५

काठमाडौं :  पछिल्लो २४ घण्टामा कोरोना संक्रमित घटेर १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएकोमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ