☰ open Loading... 20 May 2024|  

काँक्रेविहारमा फेरि नक्साङ्कन गरिँदै
  | २३ माघ २०७८, आईतवार १९:२८

सुर्खेत –नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रको आजदेखी पुनः नक्सांकन शुरु गरिएको छ।वन क्षेत्रको भूभाग अतिक्रमणमा पर्न थालेको भन्दै जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने निर्णय गरेको हो।

डिजिजनल वन अधिकृत मुनबहादुर रावतले अवको एक महिना भित्र काँक्रेविहार क्षेत्रको नक्साँकनको काम सकिने जानकारी दिए।यसपटक अत्याधुनिक उपकरणबाट काँक्रेविहार वन क्षेत्रको नक्साँकन गरिने उनको भनाइ छ।काँक्रेविहार वन क्षेत्र भूमाफियाबाट अतिक्रमण भएको भन्दै उच्च अदालतमा रिट पर्दा अदालतले पुनः नक्साँकन गर्न अन्तरिम आदेश दिएको छ।डिभिजनल वन अधिकृत रावतले समिति गठनले अदालतको आदेशलाई पनि पालना गरेको र सम्भवतः आगामी फागुन महिनाभित्र नक्साँकनको काम सकिने जानकारी दिए।

राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५:५ हेक्टर रहेको छ भने नापीको नक्सामा १६७ हेक्टर छ।अव पुनः नक्साँकन गरिएपछि कति क्षेत्रफल रहेछ भन्ने एकीन हुने रावतको भनाइ छ ।
काँक्रेविहार संरक्षण वन क्षेत्र व्यवस्थापन कार्ययोजना पुनरावलोकन, सीमांकन तथा नाप नक्सा अध्यावधि र प्रचारप्रसारका लागि यस वर्ष वन कार्यालयले ५० लाख रकम खर्च डिभिजन वनले गर्नेछ ।जसमा जंगल सफारी, मिनी चिडियाखाना, पदमार्ग, जरायो गणना तथा बासस्थान अध्ययनलगायतको कामहरु गरिनेछ।