☰ open Loading... 18 January 2025|  

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही
  | २७ माघ २०७८, बिहीबार ०८:००

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ ।दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेको हो ।

 

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो ।कांग्रेस संसदीय दलको विधानमा सचेतकले दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ ।