☰ open Loading... 21 May 2024|  

एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म
  | २७ माघ २०७८, बिहीबार ०८:०४

काठमाडौं : यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । परीक्षाको समयतालिका भने बिहीबार गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जानकारी दिएको छ ।गत वर्ष कोरोना महामारीका कारण जेठ १३ गतेदेखि २४ गतेसम्म भएको थियो ।