दैलेख- दैलेखको डुवेश्वर गाउँपालिका वडा नं- २ मा लाकुरीमा पुर्ण सरसफाई स्वच्छता सम्बन्धी एक दिने अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ। एभरेष्ट क्लब दैलेख र एस एन भि नेपालको संन्चालित समाबेशि तथा दिगो गमिण खानेपानी आपूति सेवाको सहजिकरण र स्वास्थ्य चौकि लाँकुरीको आयोजनामा १ दिने महिला स्वास्थ्य स्वमसेबिकाहरू संग पूर्ण सरसफाई सम्बन्धि अन्तरत्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सरसफाइको महत्र्व र सरसफाइ गरेपछि हुने फाइदा बारेमा एभरेष्ट क्लब दैलेख र नेपाल परियोजना का स्थानीय श्रोत ब्याति दिलिप कुमार खड्काले जानकारी गराएका थिए । पुर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सरसफाईका लागी सबै सुचक बारे जानकारी र सुचकबारे छलफल स्वास्थ्य चौकि लाँकुरीका प्रमुख बालकृष्ण बिष्टले गरेका थिए ।
यस्तै अनमि दिपा केसि बिष्टले गाउँ मा सरसफाइ सिकाउने प्रमुख दायित्व महिला स्वास्थ्य स्वमसेबिका नै भएकोले गाउँ सरसफाइ परिवर्तन गर्ने जग हो। त्यसले स्वमसेबिका नखटिए सम्म पूर्ण सरसफाइ गर्ने नसिकिने भएकाले सबैले खटेर काम गर्ने पर्ने उनले जोड दिईन्।