☰ open Loading... 20 November 2024|  

घरमै थन्किए हतियार
  | ७ बैशाख २०७९, बुधबार ०५:१७

कोहलपुर। बाँकेमा हतियार राख्ने अनुमति पाएका हतियार पनि घरमा थन्किएका छन् । बाँकेमा ५ सय ५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएको जिल्ला प्रहरी कार्यालयका बाँके प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले मध्यान्हलाई जानकारी दिए ।

 

उनका अनुसार बाँकेमा ५ सय ५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएकोमा अहिलेसम्म ७ हतियार मात्रै जम्मा भएका छन् । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सूचना जारी गरिएको थियो ।

 

तर अहिले सम्म जिल्लाको विभिन्न ठाउँबाट ७ हतियार मात्रै बुझाइएकोे प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । जसमध्ये ती हतियार एकनाले बाह्र बोरको रहेको छ । प्रशासनले निर्वाचन सकिएपछि हतियार धनिलाई फिर्ता गर्ने प्रतिबद्धतासहित हतियार आफुलाई पाएकपर्ने ईलाका प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको थियो ।

 

कार्यालयमा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानूनबमोजिम कारबाही गरिने समेत बताएकोे थियो । तर अहिले सूचनाको बेवास्ता गरेको उनले बताए । खोजतलास गर्दा भेटिएमा कारबाही गरिने समेत उनले बताए । यस विषयमा केही दिनभित्रमै निर्णयमा गर्ने सहायक प्रजिअ तथा सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।

००ण्