☰ open Loading... 2 May 2024|  

आफू निर्वाचित भए लक्षित वर्गलाई घरदैलोमै नगरपालिकाको सेवा पुर्याउने खड्काको प्रतिबद्धता
  | २१ बैशाख २०७९, बुधबार २०:५९

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका उम्मेदवार उपेन्द्र खड्काले लक्षित वर्गलाई घरदैलामै पुगेर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्। आफू नगरप्रमुखमा निर्वाचित भएमा असल शासन र जवाफदेहिताको पक्षमा उभिने खड्काले प्रतिबद्धता जनाए।
शु–शासनका पक्षमा फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी दीर्घरोगी नागरिकका लागि घरदैलोमा सेवा प्रवाह गर्ने उनले प्रतिबद्धता जनाए।
प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गर्ने, हरेक महिनाको ७ गते कार्यपालिकाको बैठक अनिवार्य गरी त्यसको जानकारी सबै नागरिकसम्म पु¥याउन ‘नगरप्रमुख–पत्रकार भेटघाट कार्यक्रम’ गर्ने उनको प्रतिबद्धता छ।
सुशासनसहितको जवाफदेही नगरपालिका बनाउन नगरका प्रत्येक आयोजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण गर्ने, नागरिकबाट प्राप्त गुनासोको अभिलेखिकरण गरी सम्बोधनको पहल गर्ने, जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र गठन गर्ने प्रतिवद्धता पनि खड्काले जनाएका छन्।