☰ open Loading... 18 November 2024|  

खाद्य अधिकार प्रवर्द्धनका लागि अन्तरक्रिया
  | ३१ जेष्ठ २०७९, मंगलवार १७:२२

 

दैलेख –नारायण नगरपालिका दैलेखले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ ।

नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निर्माणको लागि सरोकारवालाहरुसँग सुझाव तथा सुचना संकलनको काम सुरु गरेको हो ।

नारायण नगरपालिका दैलेख र फियान नेपालको आयोजनामा सुझाव तथा सुचना संकलन गर्न सुरु गरिएको फियान नेपालका क्षमता बिकाश तथा ओकालत अधिकृत कर्णाली प्रदेशका प्रकाश मिघिले जानकारी दिए ।

मंगलबार नारायण नगरपालिका दैलेखमा विभिन्न शाखाका प्रमुख, नारायण नगरपालिका भित्रका जनप्रतिनिधि, पत्रकार , नागरिक समाज सँग खाद्य तथा पोषण सुरक्षा योजना निर्माणको लागि अन्तक्रिया गरिएको उनले बताए ।

यस्तै नारायण नगरपालिका दैलेखका मेयर लोमन शर्माले नगरपालिका लाइ सम्बृद्ध बनाउनको लागी र खाद्यअधिकार प्रवद्धनका लागि सबै सबै नगर वासी मिलेर काम गर्नुपर्ने बताए।नगरपालिकामा खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि सम्झौता अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

फियान नेपालको सहकार्यमा पालिकाले खाद्य तथा पोषण सुरक्षा रणनीतिक योजना तर्जुमाका लागि कार्यशाला आयोजना गरिएको मेयर शमाले बताए ।छलफलमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माण देखिएको समस्या, चुनौती र कार्ययोजना निर्माण गर्दै आगामी दिनमा अघि आग्रह गरे ।उनले भने आगमी दिनमा नगरपालिकाको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए ।