☰ open Loading... 17 May 2024|  

दैलेखमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार
  | ७ असार २०७९, मंगलवार ०८:०१

दैलेख -दैलेखमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका वडा नं १ सात्तलाकी २६ वर्षीया सीता थापालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मध्यान्हलाई जानकारी दिए ।

दुई दिन देखि नै सुत्केरी व्यथा लागेर थलिएकी थापाको कम्मर मुनि बच्चा अडके पछि स्थानिय स्वास्थ्य चौकीमा भनेजस्तो उपचार हुन नसकेपछि सोमबार बिहान हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

जिल्लामा गर्भवती महिला र पेटमा रहेको बच्चाको स्वास्थ्यमा जोखिम भएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी सीताको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी थापाले बताए । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।