☰ open Loading... 17 May 2024|  

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक
  | ८ असार २०७९, बुधबार ०५:२७

 

यामराज बिष्ट दैलेख- दैलेखमा जलवायु परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक उपभोक्त्ता महासंघ दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै जलवायु प्रदुषण ब्यवस्थापनका लागी जनचेतना जगाउनु पर्ने, उदेश्यले दैलेख सदरमुकाममा उक्त कार्यक्रम गरिएको हो ।

जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न वातावरणको संरक्षणमा ध्यान दिनुपर्नेमा सामुदायिक उपभोक्त्ता महासंघ नेपाल संघका केन्द्रीय सचिब ठाकुर भण्डारीले बताए। वातावरणीय प्रदूषण, फोहोरमैलाको उचित व्यवस्थापन, जैविक विविधताको संरक्षणका लागि सबैको महत्वपुर्ण भुमिका रहने जानकारी दिए ।

यस्तै जिल्ला समन्य दैलेखका उप्रप्रमुख केशब बहादुर शाहीले निजी वनका बिषयमा कानुनी जटिलता देखि अन्य धेरै समस्याहरु रहेकाले समस्याको समाधानका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।उनले भने समस्या समाधान गर्न आफुले केन्द्र प्रदेश र स्थानिय तहमा प्रयत्न गर्ने भन्दै किसानलाई संगठित हुन सुझाव समेत दिएका थिए ।

सामुदायिक उपभोक्त्ता महासंघ दैलेखका अध्यक्ष मायाराम रेग्मीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साह,डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख टेक बहादुर रावल, पारिवारिक निजि बन संघ दैलेखका जिल्ला अध्यक्ष भरतराज अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।