☰ open Loading... 17 May 2024|  

थपिए १९ जना कोरोना संक्रमित
  | ८ असार २०७९, बुधबार ०५:३२

पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १९ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ७३१ जनाको पिसिआर र १०८३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२४ जना सक्रिय संक्रमित छन्।१० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।