☰ open Loading... 3 May 2024|  

१३२ केबी प्रशारण लाइन बिस्तारको बाटो खुल्यो
  | ८ असार २०७९, बुधबार ०५:४७

सुर्खेत  :  नेपाल विद्युत् प्राधिकरणले ठेक्का लगाएर काम थालेको तीन वर्षपछि संघीय सरकारले वन क्षेत्रमा प्रशारण लाइनको काम गर्न अनुमति दिए संगै कोहोलपुर–सुर्खेत १३२ केबी प्रशारण लाइन बिस्तारको बाटो खुलेको छ । कोहलपुर –सुर्खेत सम्मा निर्मानाधिण १३२ केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको हो। आयोजना निर्माणस्थल निकुन्ज भएकाले काम गर्न समस्या हुँदै आएको थियो।

राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएपछि अब कामले तीव्रता पाउने अपेक्षा लिइएको छ। २०७९ असार ६ गतेको मन्त्री परिषदको निर्णयअनुसार राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको थियो। एक वर्ष देखि ठेक्का लगाएको काम निकुन्जका कारण प्रभावकारी हुन नसक्दा हैरान हुँदै आएको थियो। भदौ २४, २०७६ मा कोहलपुर –सुर्खेतका लागि १३२ केबी प्रशारण लाइन निर्माण गर्न बोलपत्र आवह्वान गरिएको थियो।

२४ महिना भित्र निर्माण कार्य पूरा गर्ने उदेश्यका साथ निर्माण थालिएको आयोजना अझै सम्मा काम हुन सकेको थिएन । करिब तीन वर्ष पछि संघीय सरकारले प्रशारण लाइनको बाटो खोलिदिएको छ। सुर्खेतमा अहिले सामान्य पोलमार्फत् पु¥याइएको विद्युत प्रसारण लाइनका कारण उपभोक्ताले बेलाबेला सास्ती खेप्ने गरेका छन्। ठूलो हावा चल्दा, पानी पर्दा विभिन्न समयमा विद्युत अवरूद्ध हुने गरेको छ। ठूला टावरसहित अब बन्ने प्रसारण लाइनले उपभोक्तालाई हुने सास्ती हट्ने विद्युत प्राधिकरणको बुझाइ छ।

भदौ २४, २०७६ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न भएपछि क्षमता विस्तार कार्य अघि बढाएको थियो। नेपाल विद्युत् प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजनाले पार्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। सुर्खेतसम्म करिब ५१ किलोमिटर प्रसारण लाइन डबल सर्किटको बन्ने आयोजनाको कुल लम्बाइ करिब ५१।४६२ किलोमिटर रहेको छ।

प्रसारण लाइनमा एंगल टावरहरू २६ वटा रहनेछन्। जम्मा १४५ टावरहरू रहने छन्। सुर्खेतमा रहने सवस्टेसनको क्षेत्रफल ३।७२४९ हेक्टर रहने जनाइएको छ। आयोजना क्षेत्रको स्थलगत सर्वेक्षण अनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक र सरकारी वन पर्छन्।