☰ open Loading... 17 May 2024|  

९ सय घरपरिवारलाई जस्तापाता वितरण
  | १० असार २०७९, शुक्रबार ०५:१४

रुकुम  पश्चिम। जिल्लाको आठविसकोट नगरपालिकामा फुसका छाना हटाउने कार्यक्रमले तिव्रता पाएको छ । करिब नौ सय फुसका छाना हटाइ जस्तापाताको छानोमुनी ल्याउने कार्यक्रम अगाडि बढाइएको छ । कार्यक्रम अन्तर्गत आठविसकोट नगरपालिकाको बजेटबाट ९ करोड बराबरको टेन्डर भइ पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरिने जस्ता पाता हस्तान्तरण तथा सहजिकरण समितिका संयोजक मणिराज शाहले बताए ।

 

उनका अनुसार जस्तापाता वितरण वडा नम्बर १ मा असार १० गते ५० घरपरिवारलाई, वडा नम्बर २ मा असार ११ गते ४६ घरपरिवार, वडा नम्बर ३ मा १२ गते ८७ घरपरिवार, वडा नम्बर ४ मा असार १३ गते ४४ घर परिवारलाई वितरण गरिनेछ ।

 

त्यस्तै ५१ घरपरिवारलाई असार १४ गते,  वडा नम्बर ६ मा असार १५ गते ५५ घरपरिवारलाई, वडा नम्बर ७ मा असार १६ गते ४३ घरपरिवारलाई, असार १७ गते वडा नम्बर ८ मा ३६ घरपरिवारलाई, वडा नम्बर ९ मा असार १८ गते ५३ घरपरिवारलाई वितरण गरिने संयोजक शाहले जानकारी दिए ।

सोही कार्यक्रम अनुसार वडा नबर १० मा असार १९ गते ७१ घरपरिवारलाई, वडा नम्बर ११ मा २० गते ७२ परिवारलाई, वडा नम्बर १२ मा २१ गते ५८ घरपरिवार, वडा नम्बर १३ मा २२ गते ४१ घरपरिवार, वडा नम्बर १४ मा २३ गते ४० घरपरिवारलाई र अति विपन्न १० घरपरिवारलाई गरि जम्मा ९ सय घरपरिवारलाई पहिलो चरणमा वितरण गरिने नगरपालिकाले जानकारी दिएको छ ।

 

जस्तापाता हस्तान्तरण तथा वितरण समितिको असार ७ गतेको बैठकले प्रथम चरणको वितरणका लागि सिफारिस गरेर वडा अध्यक्ष मार्फत प्रमाणित गराइ जस्तापाता लिने व्यवस्था गरेको छ ।

 

नगरपालिकामा फुसका छाना हटाइ जस्ताजाताको छानोमुनी ल्याउने कार्यक्रम अन्तर्गत १३ करोड बजेट विनियोजना गरेको थियो । पहिलो चरणमा ९ करोडको जस्तापाता खरिद गरिएको र बाँकी जस्तापाता खरिद गरिने सयोजक शाहले बताए ।समृद्ध नगरपालिका निर्माणका लागि व्यवस्थित गाउँ निर्माण गर्ने उदेश्यका साथ कार्यक्रम लागू गरिएको आठविसकोट नगरपालिकाले जनाएको छ ।