☰ open Loading... 17 May 2024|  

थप ४९ जनामा कोरोना संक्रमण
  | १० असार २०७९, शुक्रबार ०५:१९

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमितहरु बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जना र १ हजार २६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३४२ पुगेको छ । हाल नेपालमा १ सय ६३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।