☰ open Loading... 17 May 2024|  

प्रचण्डलाई फेरि एक पटक प्रधानमन्त्री बन्ने चाहना
  | ११ असार २०७९, शनिबार ०६:१९

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।

 

काठमाडौंमा पर्वतारोहण संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन् ।

अध्यक्ष दाहालले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताए ।

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गरे ।उपाध्यक्ष रिजालले पर्यटन मन्त्रालयलाई नै अस्तव्यस्त बनाउने काम भइरहेको आरोप समेत लगाए ।