☰ open Loading... 17 May 2024|  

माथागढीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
  | १२ असार २०७९, आईतवार ०५:३४

पाल्पाको माथागढीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । माथागढी गाउँपालिकाको आयोजना र चिदीपानी आयुर्वेदको सहआयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

 

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि  माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदीले आयुर्वेदको विकास र विस्तारको लागि सहयोग गर्न तयार रहेको बताए ।

चिदीपानी आयुर्वेद औषधालयका प्रमुख अमृत भण्डारीले माथागढीमा आयुर्वेदको विकास र जनचेतना विस्तारका लागि शिविरको आयोजना गरिएको बताए ।

 

शिविरमा पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डाक्टर रोमहर्ष नेपाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक यज्ञप्रसाद गैरे र सरीता केसी, चिदीपानी आयुर्वेद औषधालयका कर्मचारीहरुले बिरामीको नाम दर्ता, स्वास्थ्य परीक्षण औषधि वितरण गरेका थिए ।

 

शिविरमा ३ सय २६ जनाले आयुर्वेद चिकित्सा सेवा तथा निःशुल्क आयुर्वेद सेवा लिएका डा. रोमहर्ष नेपालले बताए । उनका अनुसार शिविरमा ३ सय ११ जनालाई आयुर्वेद औषधि वितरण गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घाटन माथागढी गाउँपालिका वडा ३ का अध्यक्ष तेज घर्ती मगर अध्यक्षतामा भएको थियो ।