☰ open Loading... 17 May 2024|  

पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
  | १२ असार २०७९, आईतवार ०५:३६

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो ।पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ ।

 

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति १२ बजेपछि मात्रै लागू हुनेछ ।चौतर्फी दबाबपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । यस अघि पेट्रोल १९९ र डिजेल १९२ प्रति लिटर थियो ।

 

शनिबार बिहान गठबन्धन दलका नेताहरुको बैठकपछि सरकारले नयाँ मूल्य तोकेको हो ।मूल्य घटाएसँगै बजारको अनुगमनलाई कडाइ गर्ने पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले बताए ।यसअघि आजै बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कर घटाएर पेट्रोलियम पदार्थको घटाउने सहमति गरेका थिए