☰ open Loading... 5 February 2025|  

प्रहरीको वार्षिक सुचना सम्प्रेषण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
  | ३ श्रावण २०७९, मंगलवार ०५:१७

 

 

दैलेख –जिल्ला प्रहरी कार्यालय दैलेखकोवार्षिक सुचना सम्प्रेषण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सोमबार नारायण नगरपालिका वडा नं १ स्थित रहेको गणेश मन्दिरको प्राङगणमा एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अपराध नियन्त्रण गर्नका लागि प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले नागरिकहरू पनि यस विषयमा सजग र चनाखो हुनुपर्नेमा जोड दिए । जनताको सुरक्षाकालागि आफुहरू अहोरात्र खटिरहेको र खटिरहने समेत प्रहरी प्रमुख साहले बताए ।

कार्यक्रमका प्रमुख अतिथि सदस्य,पुर्व मन्त्री माननिय अम्मर बहादुर थापाले समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो विषयमा आमनागरिक पनि त्यत्तिकै सजग रहनुपर्ने बताए। उनले भने समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध जरूरी रहेको बताए ।

 

समाजमा शान्ति सुरक्षाका लागि स्थानीय तह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतीलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध जरूरी रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनले आगामी दिनहरुमा अझ सशक्त तवरबाट दैलेखका प्रहरी अगाडि बढ्नुपर्ने औँल्याए ।

कार्यक्रममा सहभागीहरुले अत्याधिक तीब्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको, नदीजन्य पदार्थको अवैध उत्खनन् नियन्त्रण गर्नुपर्ने, सामाजिक अपराध न्यूनीकरण, सचेतनामूलक विद्यालय सम्पर्क कार्यक्रम , प्रहरी ईकाईको स्थापना, विद्यालय लगायत सबै क्षेत्रमा हुने लागू औषध नियन्त्रण तथा यौनजन्य हिंसा न्यूनीकरण गर्ने लगायत बिषय सन्दर्भमा उठाएका थिए ।

कार्यक्रममा नारायण नगरपालिका प्रमुख लोमन शर्मा ,नौमुले गाउपालिका प्रमुख छवि सुवेदी,नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा ,नागरिक समाजका ,राजनितिक दलका प्रतिनिधि सहभागि थिए । जिल्ला प्रहरीको तथ्याङ्कअनुसार २०७८ साउन देखि असार मसान्त सम्म ,ज्यान मार्ने उधोग ६,जबरजस्ती करणी१९ आत्महत्या र दुरसाहन ५९ बहुविवाह१० मृत अवस्थामा फेला फुटकर ज्यान २२गरि २सय मुद्दा दर्ता भएका छन् ।

दैलेखमा प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

दैलेख प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दैलेखका बिभिन्न ठाँउमा जनचेताना सम्बन्धी कार्यक्रम गरेको छ।जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लामा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनगरेपछि प्रभावकारी बन्दै गएको छ । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय दैलेख जानकारी दिएको छ । जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले दैलेखका १हजार ४४भन्दा बढी ठाँउमा जनचेताना सम्बन्धी कार्यक्रम गरिसकेको दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले बताए ।