☰ open Loading... 3 May 2024|  

कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै
  | १ भाद्र २०७९, बुधबार ०५:२०

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि उक्त सेवा सञ्चालन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उक्त एप्स निर्माणको अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

यसका लागि हाम्रा कुरा मुख्यमन्त्री एप्समा कुनै गुनासा तथा समस्या भए पठाउन सकिनेछ भने हटलाइन सेवा १०९६ मा फोन गरेर पनि टिपाउन सकिन्छ । कर्णाली सरकारले विद्युुतीय गुुनासो व्यवस्थापन निर्देशिका जारी गरेको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको उक्त निर्देशिका अनुसार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य लिइएको सचिव आनन्द सारुले जानकारी दिए। यसमा नागरिकले विभिन्न माध्यमबाट गुुनासो टिपाउन सक्ने उनले बताए यसले सरकारका काम थप प्रभावकारी बन्नमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।