☰ open Loading... 26 July 2024|  

किशोरीमाथि सामूहिक बलात्कार, आरोपित पक्राउ
  | २९ भाद्र २०७९, बुधबार ०५:२०

मुगु — जिल्लामा एक १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । छायानाथरारा नगरपालिका १३ लुमगाउँ नजिकै गमगढी वाम सडकखण्डमा भदौ २३ राति किशोरी सामूहिक बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

पीडित पक्षको उजुरीका आधारमा बलात्कार आरोप लगाइएका सोही नगरपालिका ४ का श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका ३ रखु स्थायी घर भई हाल छायानाथरारा १४ वाम गाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैसी र आन्दाजी १४ वर्षका बालक छन् ।तीनै जना आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी नायव उपरीक्षक सुवास हमाल बताए ।