☰ open Loading... 26 July 2024|  

डेंगुबाट एकैदिन ४ जनाको मृत्यु, २७ हजार नाघे संक्रमित
  | १३ आश्विन २०७९, बिहीबार ०५:३५

डेंगुबाट एकैदिन ४ जनाको मृत्यु, २७ हजार नाघे संक्रमित

काठमाडौंः देशभर डेंगुको संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

 

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ । अहिले मुस्ताङबाहेक देशभर डेंगु संक्रमण देखिएको छ । डेंगुबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।

 

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।