☰ open Loading... 17 May 2024|  

नवौं राष्ट्रिय खेलकुद : दुर्गा बुढाले दिलाए कर्णालीलाई पहिलो स्वर्ण
  | १ कार्तिक २०७९, मंगलवार ०५:१५

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दुर्गा बुढाले कर्णाली प्रदेशलाई पहिलो स्वर्णपदक दिलाएका छन्।स्टिबल चेस ३ हजार मिटरमा दुर्गाले स्वर्ण पदक जितेका हुन्। आज बिहान भएको उक्त प्रतियोगितामा बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन्।

सशस्त्र प्रहरी वल एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते।