☰ open Loading... 26 July 2024|  

हरिडिलभूमि विद्यालयलाई नगदसहित सम्मान
  | १ पुष २०७९, शुक्रबार ०६:२९

नारायण भागीरथी सेवाले सम्मान सुर्खेतले वीरेन्द्रनगर –३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयलाई नगद सहित सम्मान गरेको छ। नारायण भागीरथी सेवाले २०७९ सालको नगदसहितको सम्मान हरिडिलभूमि विद्यालयलाई गरेको हो।

सम्मानपत्र सहित १५ हजार रुपैँया विद्यालयका एक कार्यक्रम माँझ प्रदान गरिएको छ। पीताप्रति श्रद्धा र सम्मान अर्पण गरिने नयाँ  किसिमको  कार्यक्रमले शैक्षिक जागरण र सामाजिक सेवाको प्रशंसनीय उदाहरण भएको सम्मान प्रदान कार्यक्रमका प्रमुख अतिथि सुर्खेत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधवप्रसाद खनालले बताए। समाजका संरक्षक प्रा.डा.जीवेन्द्र देव गिरीले सुर्खेत उपत्यकाका  विभिन्न विद्यालय, पुस्तकालय, वृद्धाश्रम र बालविकास संस्था तथा  लोकवार्ता परिषद्, नेपाल लगायत १२ वटा संघसंस्थालाई यो सम्मान प्रदान गरिसकिएको जानकारी दिए। केही महत्वपूर्ण कृति प्रकाशन र विद्यालयलाई शैक्षिक सामाग्री पनि संस्थाबाट उपलब्ध गराइएको गिरीले कार्यक्रममा बताए।

विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले समाजबाट विद्यालय सम्मानित भएकोमा हर्ष प्रकट गरिन्। कार्यक्रममा वीरेन्द्र नगर –३ का तर्फबाट वडा सदस्य सरस्वती थापा रोकाय शैक्षिक क्षेत्रमा नारायण भागीरथी सेवाले राम्रो काम गरेको बताइन्। समाजका अध्यक्ष गोपालदेव गिरीले संस्थाले निकट भविष्यमा पुस्तकालय समेत सञ्चालन गर्न लागेको जानकारी दिए। कार्यक्रममा प्राध्यापक, शिक्षक, साहित्यकार, कलाकार, समाजसेवी, राजनीतिकर्मी र स्थानीय महानुभावहरूको सहभागी रहेको थियो।