☰ open Loading... 26 July 2024|  

प्रहरीले थाल्यो ‘सुरक्षित यात्रा अभियान’
  | १८ माघ २०७९, बुधबार २०:०४

सुर्खेत, माघ १९ – कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि उक्त अभियान थालिएको हो । सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरुमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावको बारेमा जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसंगै यात्रुहरुलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सुरक्षा सावधानी सिकाउने लगायतका कुराहरु जानकारी गराउने गर्दछन् ।
कर्णाली प्रदेश गर्ने मुख्य द्धार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी तथा सुचना अधिकारी माधवप्रसाद श्रेष्ठ , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख (एसपी) प्रज्वल महर्जनले चालक तथा यात्रुसंग सामुहिक रुपमा सुरक्षित यात्राका बारेमा जनचेतना दिएका थिए ।
प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्युनिकरणका लागि सुरक्षा सचेतना कार्यक्रम गरेको जनाईएको छ । प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव प्रसाद श्रेष्ठले बताए । क्याप्सन ः बबईमा सुरक्षित यात्रा कार्यक्रम अन्र्तगत चालक र यात्रुहरुलाई सामुहिक सुरक्षा सचेतना गर्दै प्रदेशका सुरक्षा अधिकारीहरु ।