☰ open Loading... 7 September 2024|  

स्थापना दिवसमा बिरामीलाई फलफूल
  | २३ माघ २०७९, सोमबार ०५:४८

 

दैलेख- प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवशको अवसरमा प्रेस चौतारी दैलेखले स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेका बिरामीलाई फलफुल बितरण गरेको छ ।प्रेसचौतारी दैलेखले स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरेको हो ।

प्रेस चौतारी दैलेखले बिरामीहरुलाई स्याउ, सुन्तला, केरा,लगायतका फलफुल बितरण गरेको कार्यक्रममा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष प्रमिला आसीले बताईन्।वितरण गरेको फलफूलले बिरामीको स्वास्थ्यमा केही मात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिईन्।

पत्रकारले दुखी गरिब र अन्यायमा परेकाहरुको सहारा बन्ने गरेकोमा पत्रकारिता मुलुकको आवश्यकता रहेको भन्दै प्रेस चौतारीले मुलुकको विभिन्न लोकतान्त्रिक आन्दोलनमा अतुलनीय भुमिका खेलेको प्रेस चौतारी नेपालका केन्द्रिय सचिब बिष्णु शर्मा बताए।उनले प्रेस चौतारी नेपाल एउटा कलमजिवी संगठनका साथै समाज सेवामा पनि उतिकै काम गर्ने संगठन भएको बताए ।प्रेस चौतारी नेपालले आजकै दिन देशका ७७ वटै जिल्लामा यस्ता खालका सामाजिक सेवाका कार्यक्रमको आयोजना भइरहेको केन्द्रिय सचिब शर्मा बताए। ।

कार्यक्रममा बिशिस्ट अतिथी स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा धर्मराज रेग्मीले शुभकामना मन्तयब्य राख्दै उनले भने समाज परिवर्तन पत्रकारिताबाट मात्रै सम्भव भएकाले परिवर्तनका पक्षमा आफ्ना कलमहरुलाई जिवन्त राख्न आग्रह गरे ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले समाज परिपर्वन गर्न पत्रकारहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘
शुभकामना मन्तयब्य राख्दै उनले भने प्रेस चौतारी दैलेखले ेवितरण गरेको फलफूलले बिरामीको स्वास्थ्यमा केही मात्रामा सहयोग पुग्ने बताए । उनले भने पत्रकारले दुखमा परेका गरिब जनताको हकहितको लागी हामीले कलमको माध्यमबाट दबाब दिदै आएका छौं ।कार्यक्रममा प्रेस चौतारी निकट तथा जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थीती रहेको थियो।