☰ open Loading... 18 October 2024|  

दैलेखमा जीप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते
  | २१ चैत्र २०७९, मंगलवार ०६:१४

हेमेन्द्र विक दैलखः कर्णाली राजमार्गमा अन्तर्गत पर्ने दैलेखको आठबीस नगरपालिका–१ डाबस्थित जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेत देखी कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको डबल क्याप जीप दुर्घटना हुँदा घाइते भएका १४ मध्ये चार जना गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ लैजाँदै गर्दा कालीकोटको नरहरिनाथ गाउँपालिका–७का ३३ वर्षीय दुर्गबहादुर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

सामान्य घाइते भएकाहरूलाई कर्णाली राजमार्ग अन्तर्गत सांगेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको अन्यलाई उपचारका लागी कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा पठाइएको(डीएसपी) लम्सालले जानकारी दिए । उनका अनुसार जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।