| १४ बैशाख २०८०, बिहीबार ०५:२७
नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ। वैशाख ६ गते बढुवा भएका डीआईजीहरुलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो।
तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन्।
यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन्।
अरु को कहाँ ?