☰ open Loading... 7 September 2024|  

सिप विकास तालिम सम्पन्न
  | ३ जेष्ठ २०८०, बुधबार ०६:०९

 

दैलेख –नारायण नगरपालिकाले सञ्चालन गरेको ४५ दिने सिप विकास तालिम सम्पन्न भएको छ ।आर्थिक समृद्धिको आधार लघु उद्यममा निर्भर भन्ने मुल नाराका साथ सञ्चालन गरिएको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम–(मेडपा) अन्तरगत नारायण नगरपालिकाको आयोजनामा सिप विकास तालिम सम्पन्न भएको हो ।

नारापयण नगर पालिका दैलेख र वडा नं ११को साझेदारीमा तालिम संञ्चालन गरिको नारायण नगरपालिका उद्यम विकास शाखाका  प्रमुख लिलाराम ताम्राकारले बताए ।
उनले भने वेरोजगार युवा युवतीहरुलाई सिप मुलक तालिम प्रदान गरी रोजगार श्रृजना गर्ने उदेश्यले ४५दिने सिलाई कटाई पुनर्ताजकी ढाका ब्याग र पस निर्माण  तालिम प्रदान गरिएको उनले बताए।

यस्तै नारायण नगरपालिका वडा नं-११का वडा अध्यक्ष दीर्घ मल्लले आफुले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धी गर्न सम्पुर्ण तालिमका सहभागिहरुलाइ जोड दिए । उनले भने वडामा थुप्रै सिप मुलक तालिम प्रदान गरिसकेको वताउदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सिमित नराखी व्यवहारमा लागु गर्न सवैमा आग्रह गरे ।